INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गोलबजार नपा-१२ का १९ वर्षीय बब्लुकुमार साहविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा वैशाख २५ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित युवतीलाई आरोपितले माघ १२ गते बलात्कार गरेको र कसैलाई नभन्नु भनेपछि युवतीले जानकारी नगराएको र अहिले साढे तीन महिनाको गर्भ रहेको थाहा भएपछि कारवाहीका लागि उजुरी दिइएको हो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २५ गते गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेस सुबेदीका अनुसार आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको छ ।

अन्य

भिडियो