INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धादिङ जिल्ला रोराङ गाउँपालिका-२ बेनीघाट का २९ वर्षीय अर्जुन गुरुङविरुद्ध महानगरीय प्रहरी परीसर जावलाखेलमा पीडित पक्षले वैशाख २६ गते उजुरी दर्ता गराएको छ ।

पीडित युवतीलाई ललाइफकाई विवाह गर्ने प्रलोभन देखाएर वैशाख १८ गतेदेखि ललितपुर महानगरपालिका-२ सानेपास्थित एक कोठामा आठ दिनसम्म राखेर बलात्कार प्रयास गरेको भन्ने उजुरीका आधारमा आरोपित गुरुङलाई प्रहरीले वैशाख २५ गते साँझ गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जवलाखेलका डिएसपी नरेन्द्र चन्दले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २६ गते पाटन अस्पताल ललितपुरमा गरीएको डिएसपी चन्दले जानकारी दिए ।

अन्य

भिडियो