INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई सर्लाही जिल्ला हरिवन नपा-११ का २६ वर्षीय मुकेश दास र सोही ठाउँका २६ वर्षीय रिजवान अन्सारीले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २३ गते उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपितहरूले बा.२५.प १३७८ नं को मोटरसाइकलमा चढाई रौतहट चन्द्रपुर नपा-२ स्थित शहीद स्मृति पार्कमा ल्याई आरोपितमध्येका रिजवान अन्सारीले मानिस हेर्न बाटो कुरेर बसेको र मुकेश दासले बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडित पक्षको उजुरी दर्ता गरी आरोपितहरूलाई वैशाख २३ गते नै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोईरालाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २३ गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो