INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-६ का २० वर्षीय गुसरान आलम मुसलमानलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले वैशाख १८ गते बलात्कार गरेको भनी पीडितले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपित मुसलमानलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख १९ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो