१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ककनी गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा डेरा गरी बस्ने ३० वर्षीय लालबहादुर तामाङलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा सोही दिन उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन नै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, काठमाडौँमा गरिएको छ ।