१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सप्तरी जिल्ला सुरूङ्गा नपा-४ का २१ वर्षीय दिपक यादवविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा वैशाख १६ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो ।
पीडित बालिकालाई बलात्कार गर्न सहयोग गरेको आरोपमा लहान नपा-१२ की २६ वर्षीय हिरा सदाय र सप्तरी जिल्ला शम्भुनाथ नपा-६ का २० वर्षीय अजय सदाविरूद्ध पनि उजुरी दिएको पीडित पक्षले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा वैशाख १४ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतका अनुसार घटनाको मौखिक जानकारी वैशाख १४ गते नै आएकाले आरोपित हिरा सदायलाई १४ गते नै गिरफ्तार गरेको र अन्य आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।