सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नपा-३ ताराघारी च्याङगाका ५० वर्षीय साइला भन्ने भालु बिकलाई वैशाख १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १२ गते बलात्कार गरेको आरोपमा प्रहरीमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मेघराज अधिकारीले बताए ।
आरोपितविरुद्ध पीडित पक्षले लिखित उजुरी भने वैशाख १३ गते इलाका प्रहरी कार्यालय कटारीमा दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १३ गते कटारी अस्पतालमा गरिएको छ ।