पाँच वर्षीया र ६ वर्षीया बालिकालाई गुजरा नपा-८ का ३५ वर्षीय रमेश रामले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ ।
पीडितद्वयलाई आरोपितले पालैपालो बलात्कार गरेको पीडितद्वयका अभिभावकले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई वैशाख १२ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी शान्तिराम कोइरालाले बताए । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण वैशाख १२ गते चन्द्रनिगाहपुर अस्पतालमा गरिएको छ ।