INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा प्रधानाध्यापकलाई धम्की

अज्ञात समूहद्वारा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार माविका प्रधानाध्यापक दानकुमार राईको जागिर खाने धम्की दिएका छन् ।

वैशाख १२ गते राति विद्यालयको प्रशासन कक्षको झ्याल फोरेर कोठामा प्रवेश गरी कक्षा ७ र ८ को ‘रिजल्ट सिट’ सहित अन्य कागजात च्यातेर नष्ट पारेको प्रधानाध्यापक राईले बताए ।

सो समूहले प्रधानाध्यापकको टेबलमा रहेको नेमप्लेट फल्नुका साथै ‘फेल गराए जागिर खाइदिने’ धम्कीसहितको पत्र छाडेको पीडित राइले बताए ।

‘मेरै नाम उल्लेख गरेर देखिस् मेरो पावर, फेल गराइस् भने जागिर उडाइदिन्छु’ भनेर सानो कागजको टुक्रामा लेखेर छाडेछन् ।’ कागजको टुक्रा प्रहरीलाई उपलब्ध गराएर अनुसन्धानका लागि अनुरोध गरेको राईले जानकारी दिए ।

अन्य

भिडियो