२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगर मनपा-१४ का २४ वर्षीय सुरज चौधरीलाई वैशाख १० गते मोरङ प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख ६ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख १० गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले जानकारी दिइन् ।
सिटि रिक्सा चलाउँदै आएका आरोपितले रिक्सामा सवार भइरहेकै बेला पीडितलाई बलात्कार प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।