INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शिवपुरी गाउँपालिका-७ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम ०७९ चैत २७ गते सम्पन्न भएको छ ।

शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भएको छ । सोही परियोजना अन्तर्गत वडा नं. ७ मा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम इन्सेकले सञ्चालन गरेको हो ।

तालिममा महिला तथा बाल समूहका पदाथिकारी, वडा अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेका थियो ।

Nuwakot insec 2

सहभागीहरूलाई बालबालिकासम्बन्धी ऐन २०७५ मा उल्लेख गरिएको बाल अधिकार र कानुनी व्यवस्थाको बारेमा जानकारी दिइएको थियो ।

परियोजनाका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले स्थानीय तहहरूले बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने, बालबालिकाहरूको सहभागिता शिक्षा स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा जानकारी दिनुभएको थियो ।

NUwakot insec 3

कार्यक्रममा दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका र बाल हिंसा र दुर्व्यवहार पीडित हुनु परेको विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा शिवपुरी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष वीरबहादुर तामाङले वडा कार्यालयले बालबालिकाहरूलाई विद्यालयसम्म जाने वातावरण बनाउन लागि परेको र आउन लागेको विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन महिला तथा बाल समूहको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

सहभागीहरूले बालबालिकाको अधिकारलाई प्रवर्धन गर्नको लागि स्थानीय सरकारको प्राथमिकतामा पर्नु पर्ने र बाल बालिकाले हिंसा र दुर्व्यवहारबाट पीडित हुन नदिनको लागि स्थानीय तहले प्रभावकारी सचेतीकरण अभियानको खाँचो रहेको समेत औँल्याएका थिए ।

यसै गरी तालिममा शिक्षा, स्वास्थ्य तथा खाद्य सुरक्षा सम्बन्धि विषयहरूमा रहेका समस्याहरूको पहिचान गर्ने र सो को समाधान गर्नका लागि समन्वय गर्नु पर्ने संयन्त्रहरूको बारेमा समेत जानकारी दिइएको थियो । तालिमको सहजिकरण इन्सेकका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपाल र डब्लुपिडिका फिल्ड सुपरभाइजर कमला थपलियाले गर्नु भएको थियो ।

Nuwakot insec

अन्य

भिडियो