रामेछापको मन्थली नगरपालिका-९ पुरानागाउँमा शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नागरिक निगरानी समूह पुरानागाउँको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।

पुरागनाउँको कालिदेवी आधारभुत विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले स्थानीय तहमा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावको बिचमा शिक्षाको अधिकारको विषयमा छलफल होस् भनी कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा वडाध्यक्ष वुद्धिबहादुर पुलामीले अभिभावकहरूको खबरदारीको कमी तथा शिक्षकहरूको लापरबाहीको कारण शैक्षिक क्षेत्र बिग्रँदै आएको बताए । उनले यसको सुधारको लागि योजना बनाएर अघि बढ्ने बताए ।
भिमेश्वर रूद्र माविका स्रोत व्यक्ति केदार ढुङ्गेलले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधानको लागि शिक्षा कार्यालय सधैँ तयार भएको बताउँदै यसको अगुवाइ भने सम्बन्धित विद्यालय र अभिभावकले गर्नु पर्ने बताए ।
कार्यक्रममा स्थानीय अभिभावकले शिक्षकहरूको लापराबाहीले पठनपाठन प्रभावित भएको आरोप लगाए । शिक्षकहरूले सबै अभिभावकहरूलाई राखेर योजना बनाई विद्यालयको पठनपाठनलाई प्रभावकारी रूपमा अघि बढाउने बताए ।
नवराज पथिक