अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत २०८१ मङ्सिर १३ गते मकवानपुरको मनहरी गाउँपालिका स्थित पशुपतिनाथ माविमा वैदेशिक रोजगारीका कारण बालबालिकामा परेको प्रभाव बारे सडक नाटक प्रदर्शन प्रर्दशन गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले यस नाटकले अहिलेको वर्तमान समयमा गाउँघरमा भइरहेको वैदेशिक रोजगारीका कारण बालबालिकामा परेको प्रभावको यर्थाथता चित्रण गरेको बताउनु भयो । व्यवस्थापन समितिका अध्यक्ष गौतमले हाल नेपालको आर्थिक अवस्या निकै खस्कदो र बेरोजगारीको दर बढ्दै गएपछि रोजगारीको शिलशिलामा अधिकांश युवाहरू विदेशिँदा निम्तिने समस्याहरू मध्ये यो पनि एक रहेको र उनिहरूको बालवच्याले उचित स्याहार असल संस्कार नपाएको नाटक मार्फत बाल अधिकार समुहका भाई बाहनीले प्रान्तुत गर्नु भएको र उनिहरूलाई धन्यवाद दिदै सहयोगी संस्थालाई पनि धन्यवाद ज्ञापन गर्नु भयो ।
बाल अधिकार समूहका संरक्षक शिक्षक भानुभक्त आर्यायले यस नाटकमा वैदेशिक रोजगारको कारणले केहि घरपरिवारको अर्थिक अवस्था सुदृढ भए पनि धेरे धरपरिवार विखण्डीकरण गराइ रहेको बताउनु भयो। उहाँले वैदेशिक रोजकागरका कारण सबै भन्दा बढी प्रभाव पारेको बताउनु भयो ।

इन्सेक सहजकर्ता सलीना गौतमले वैदेशिक रोजगारीमा बुवाआमा जाँदा त्यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा परेको हुँदा सो बारेमा सचेतना जगाउन यस सडक नाटकले सहयोग गर्ने बताउनु भयो । बालवालिकालाई आफ्नो अभिभावकले दिनुपर्ने भूमिका प्रभावकारी हुन नसक्दा निम्तिएको समस्याहरू बारेमा नाटक मार्फत जानकारी भएकोले यसले सकारात्मक सन्देश प्रवाह गरेको बताउनु भयो ।
कार्यक्रममा बाल अधिकार समूहका मात्र नभएर विद्यालयका सबै विद्यार्थीको सक्रिय भूमिका रहेको थियो ।
