‘प्रविधिको सही प्रयोग गरौँ ः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ०८२ मङ्सिर ९ गतेदेखि शुरु भएको ३४ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियानको शुभारम्भमा ब्रह्मपुरी गाउँपालिका–३ स्थित सुवेदार माध्यमिक विद्यालयमा मङ्सिर १६ गते बक्तृत्वकला तथा अन्तरक्रिया कार्यक्रम गरी समपन्न भएको छ ।
ब्रहमपुरी गाउँपालिकाको आयोजना र इन्सेक, मुक्ति नेपाल, आशिस सामाजिक सेवा नेपाल, ओरेक नेपाल, रोयम नेपाल, जिल्ला प्रहरी कार्यालय सर्लाही, मानव अधिकार रक्षक सञ्जाल सर्लाही लगायतका संघ संस्थाहरूको समन्वयमा बक्तृत्वकला कार्यक्रम तथा अन्तरकृया कार्यक्रम समपन्न भएको हो ।

ब्रहमपुरी गाउँपालिकाले जनचेतनामुलक विभिन्न कार्यक्रमहरूको आयोजना गरेको र संघसंस्थाको सहयोगमा उक्त कार्यक्रमहरू गर्ने गरी १६ दिने अभियान गाउँपालिका भित्र सबै वडामा कार्यक्रम समेत गर्ने गरी तयारी गरिको ब्रहमपुरी गाउँपालिकाका बालिबालिका तथा महिला शाखा अधिकृत सावीत्रीले बताउनु भयो ।
लैङ्गिक हिंसाविरुद्ध नेपालमा धेरै कानुनहरू निर्माण भएको छ र कानुन कार्यान्वयनका लागि संघ संस्थाहरूले सचेतनाका धेरै कामहरू गर्दै आइरहेको र महिलामाथि हुने हिंसाहरू घर र महिलाबाटै हिंसाविरुद्धको आवाज उठाउन समेत जरुरी रहेको पहिचान नेपाल सर्लाहीका संयोजक अबदुल सहमद (नगमा खान) ले बताउनु भयो ।
