INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार समितिको बैठक सम्पन्न

डिसिए  नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय वातावरणीय मानव अधिकार समितिको बैठक समितिका अध्यक्ष्य हुमकान्त कँडेलको अध्यक्षतामा ०८२ मङ्सिर १ गते नेपालगन्जमा सम्पन्न भयो । बैठकले जलवायु परिवर्तन र मानवीय गतिविधिले लुम्बिनी प्रदेशमा परेको वातावरणीय प्रभाव र मानव जीवन यापनमा देखिएको असरबारे समीक्षा गरेको थियो ।

 पछिल्ला दिनमा सिमेन्ट उद्योग, इट्टा उद्योग,  क्रसरलगायत उद्योगले उत्सर्जन गर्ने धुलो, धुँवा तथा जथाभावी हुने भौतिक विकासका कारण हुने वातावरणीय प्रभावले खाद्य अधिकार कुन्ठित हुने, पानीका मुहान सुक्ने, पानी प्रदुषण हुने लगाएतका समस्या बढ्दै गएको भन्दै बैठकले वातावरणीय अधिकारका लागि सहकर्मी  संस्थाहरुसँग सहकार्य गर्दै प्रभावकारी भुमिका खेल्ने निर्णय गरेको छ ।

बैठकमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले वातावरण प्रदुषणको  विषय गम्भीर मानव अधिकारको विषय भएको भन्दै निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो । सो अवसरमा जलवायु परिवर्तनले वातावरणीय अधिकारको विषयमा बि ग्रुप  संस्थाका डम्मर सुनारले अभिमुखीकरण गर्नुभएको थियो ।

बैठकमा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, नवलपरासीलगायतबाट वातावरणीय अधिकारकर्मीहरुको उपस्थिति  रहेको थियो ।

जयनारायण पुन

अन्य

भिडियो