INSEC Online

📅 २०८३ जेष्ठ २१

युवालाई स्वदेशमै रोजगारीको लागि पहल गर्ने प्रतिबद्धता

जिल्लाका युवालाई स्वदेशमै रोजगारीको लागि पहल गर्नका लागि शैक्षिक प्रमाणपत्र धितो राखी स्थानीय तहबाटै ऋण उपलब्ध गराउन पहल गरिने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ ।

इएलपी कार्यक्रम अन्तर्गत गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा इन्सेक सुर्खेतको समन्वयमा असार ४ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

इन्सेकद्वारा गठित जनसेवा मावि साहारेका युवा समूहले पहिचान गरेका युवा लक्षित कार्यक्रमको बजेट पछाडि पारिएका युवासम्म नपुगेको विषय उठाइएपछि जिल्ला युवा समिति सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले राष्ट्रिय युवा नीति अनुरुप जिल्लाका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला युवा समिति, जिल्ला समन्वय समिति, कृषि, शिक्षा, स्वास्थ्य, पशु, महिला तथा बालबालिका कार्यालयका प्रमुख एवम प्रतिनिधि, अधिकारकर्मी जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारी, सञ्चारकर्मी र नागरिक समाजको उपस्थितिमा सम्पन्न कार्यक्रममा इन्सेकद्वारा गठित गाविस स्तरीय मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको सवालका बारेमा समेत छलफल भएको थियो ।

दुर्गा थापा

अन्य

भिडियो