INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको सचिवालय बैठक सम्पन्न

कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको सचिवालय बैठक सम्पन्न भएको छ ।

०८२ मङ्सिर १७ गते इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले सहायता कक्षमा पेस भएका दुई ओटा निवेदनहरुलाई कानुनी सहायताका लागि सहयाेग गर्ने निर्णय गरेकाे हाे । बाँकेकाे काेहलपुर नगरपालिका वडा नम्बर ३ मदनचाेक घर वीरेन्द्रनगर नगरपालिका- १६ मेहली बस्दै आएकी २९ वर्षीया निर्मला तिवारीलाई सात हजार पाँच सय रुपियाँ र दैलेखकाे नाैमुले गाउँपालिका वडा नम्बर ४ भित्रीखाेला घर भई वीरेन्द्रनगर नगरपालिका-१२ बस्दै आएकी २८ वर्षीया कल्पना बुढा मगरलाई सात हजार पाँच सय रुपियाँ सहयाेग गर्ने निर्णय  गरिएको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका अधिकृत मान बहादुर कार्की, जिल्ला बार एशाेसियसनका सदस्य गिता कोइरालाकाे सहभागिता रहेको थियो ।

 

 

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो