अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश द्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत २०८१ असोज १० गते राक्सिराङ गाउँपालिकामा गठन भएको मानव अधिकार समूहकोसंयोजक चन्द्रमान प्रजाको अध्यक्षतामा बैठक बसी विभिन्न प्रस्तावहरूमाथि छलफल गरियो ।
वैठकमा समूहको सचिव परिर्वन, मानव अधिकार समूहको अनुभव आदानप्रदान भ्रमण, अघिल्लो वर्षको समीक्षा र पालिकाको समस्या पहिचान कार्यक्रम सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा मानव अधिकार समूहको सचिव पदमा प्रदिप स्याङतानलाई चयन गर्ने समूहले निर्णय गरेको छ । साथै मानव अधिकार समूहको अनुभव आनदप्रदान भ्रमण ०८१ असार १४ र १५ गते गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा गरी सो पालिकाको मानव अधिकार समूह र गाउँपालिकाको उपप्रमुख पालिकाको कर्मचारीहरूसँग माछापुच्छरे गाउँपालिकाको मानव अधिकार समूहको र बागमती प्रदेशको मकवानपुर र चिजवन जिल्लाको मानव अधिकार समूहको बागमती प्रदेश संयोजक, गण्डकी प्रदेश संयोजक र फोकल पर्सन बिच मानव अधिकार समूहले गरेको असल अभ्यास र अनुभव आदन प्रदान गरियो ।
यसैगरी बैठकमा अघिल्लो वर्ष गरेको काम र गाउँपालिकामा गरिको माग पुरा भएका र पुरा हुन बाँकी समस्याहरू बारेमा पनि बैठकमा छलफल गरियो र पुरा नभएका मागहरूलाई आगामी बैठकमा समस्या पहिचान गरी फेरी गाउँपालिका समक्ष ध्यानाआर्कषण गराउने समेत बैठकमा निर्णय भएको छ ।
मानव अधिकार समूहको बैठक बसी समुदायमा भएको समस्याहरू समूहमा छलफल गरि पालिकालाई बेला बेलामा ध्यानाकर्षण गराउने काम मानव अधिकार समूहले गरेको र उनिहरूले ज्ञापनपत्र बुझाउने गरेका छन् । मानव अधिकार समूहको सदस्यहर्रु समस्या समाधानको लागि चासो व्यक्त गर्ने, काममा अग्रसर भएर लागि पर्ने र आफूले देखेका समस्याहरु राख्ने गरेका छन् ।
बैठकले विद्यालयमा शिक्षकको अभाव, स्वास्थ्य चौकीमा भिडियो एक्सेरे सेवा चाडै सञ्चान हुनुपर्ने र सर्वसाधारणलाई अस्पताल जानको लागि बाटो व्यवस्थापन हुनुपर्ने जस्ता समस्या पहिचान गरेको छ ।