INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार दिवसको सन्दर्भमा प्रभातफेरी कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारामा ०८२ मङ्सिर २४ गते प्रभातफेरी तथा सन्देशमूलक लोकदोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

चौतारा स्थित भिन्तुना चोकबाट शुरु भएको प्रभातफेरी कार्यक्रम टुडिखेल चोकमा पुगेर कोणसभामा परिणत भएपछि सन्देशमुलक लोकदोहोरी प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

इन्सेक लगायत जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वय र चौतारा सागाचोकगढी नगरपालिकाको आर्थिक सहयोग तथा नगर अपाङ्ग समन्वय समितिको आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रम चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, चौतारा सागाचोकगढी नपाका उपप्रमुख सीता थापा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै मानव अधिकार दिवसको महत्वबारे इन्सेक प्रतिनिधि नातिबावु धितालले प्रकाश पार्नुभएको थियो ।

“प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लामा विभिन्न कार्यक्रम सहित सञ्चालन भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समेत यही कार्यक्रम मार्फत समापन भएको छ ।  

 

नातिबावु धिताल

अन्य

भिडियो