अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा आयोजित जिल्लामा कार्यरत प्रतिनिधिहरूका लागि मानव अधिकार तथ्याङ्क प्रलेखिकरणका लागि पुनर्ताजागी कार्यक्रम ०७७ असोज १५ गते धुलिखेलमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि प्रतिनिधिले पुर्याएको योगदानलाई अझै सिर्जनशील र प्रभावकारी बनाउन तालिमले सहयोग गर्ने बताउनु भयो ।

कार्यकारी निर्देशक गौतमले इन्सेकद्वारा सङ्कलित मानव अधिकार उल्लङ्घन घटनाको तथ्याङ्क सङ्कलन र अभिलेखिकरणलाई विश्वासनियताका साथै तथ्यपरक बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले घटना सङ्कलन अध्यावधिक गर्ने क्रममा देखिएका कमीकमजोरीलाई समेत आगामी दिनमा नदोहोरिने गरी पुनर्ताजगी कार्यक्रम गरिएको बताउनु भयो ।
उहाँले इन्सेकले २८ वर्षदेखि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको र सो क्रममा अभिलेखका विभिन्न विधि र प्रक्रिया पुरा गर्दै अब हामी डिजिटिलाइट अवस्थामा प्रवेश गरेको बताउनु भयो ।
यसले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रशोधन तथा विश्लेषणलाई छिटो छरितो बनाउने उहाँको विश्वा
स थियो ।
कार्यक्रममा मानव अधिकार प्रलेख तथा बहस पैरवी विभागका प्रमुख श्रीराम बजगाईले इन्सेकले नयाँ प्रविधिमार्फत मानव अधिकार अभिलेखीकरण र मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूका तथ्याङ्क प्रणालीलाई छरितो र प्रविधिमैत्री बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो ।
त्यस्तै प्रमुख बजगाईले इन्सेकले राज्यको नयाँ संरचनाअनुसार वर्षभरिका परियोजना र घटनाहरू सफल बनाउन पुनर्ताजगी कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।
तालिममा डाटा इन्ट्री सफ्टवयर निर्माता सेल एपका सुशान्त कार्की र बागमती प्रदेशका गणेश भण्डारीले वर्ष पुस्तकका लागि सङ्कलन गरिएका अभिलेखलाई सफ्टवयरमा इन्ट्री गर्ने कार्यको लागि प्रतिनिधिहरूलाई सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेश १३ जिल्लाका इन्सेक प्रतिनिधिहरूको सहभागिता हरेको थिए ।