INSEC Online

📅 २०८३ जेष्ठ २१

बैजनाथमा मानव अधिकार समूहको बैठक सम्पन्न

डिसिए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा संरक्षण परियोजना अन्तर्गत बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक ०८२ कात्तिक २८ गते बैजनाथ गाउँपालिका–५ स्थिति अरनिको बाजारमा सम्पन्न भएको छ । समूहको अध्यक्ष सोनुसिंह विकको अध्यक्षतामा सम्पन्न बैठकमा वडा तथा पालिका तहको मानव अधिकारको स्थिति, स्थानीय निकायले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय अधिकार, भौतिक पूर्वाधारमा नागरिकहरुको पहुँचको स्थितिको बारेमा छलफल भएको छ ।

बैठकले बैजनाथ गाउँपालिकासँग समन्वय गरी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सेवाबाट वञ्चित भएकाहरुलाई सहजिकरण गर्ने, न्याय दिलाउन सकिने पीडितहरुको बारेमा बहस पैरवी गर्ने, किशोरकिशोरीहरुसँग समन्वय गरी टोलमा सरसफाई कार्य गर्ने, समूहको वार्षिक लेखा परीक्षण गर्ने, वाषर््िाक प्रगति तथा आर्थिक प्रतिवेदन वार्षिक साधारण सभा सम्पन्न गर्ने कार्य योजना निर्माण गरेको छ ।

बैठकमा समूहका अध्यक्ष सानुसिंह विकले समस्या समाधानका लागि सानो सानो प्रयासले गाउँ टोल सफा सुन्दर हँुदै जाने र विकृति, विसंगति विस्तारै कम हुने भएकाले निरन्तर प्रयास गर्नुपर्ने सल्लाह दिनु भयो ।

समूह उपाध्यक्ष तुलसी ज्ञवालीले घरेलु हिंसा, बाल अधिकार, बालविवाहको बारे सहजीकरण गर्दै आएको र विना झन्झट विना खर्चले समस्या समाधान भएकाले समुहमा काम गर्ने विश्वास बढेको बताउनु भयो ।

समुदायमा मानव अधिकार र मेलमिलापबारे जानकारी नभएकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको मानव अधिकार समूह सदस्य मेघराज खडकाले औल्याउनु भयो ।

मानव अधिकार समूह सदस्य कल्पना थापा मगरले बैजनाथ गाउँपालिका—३ को नागरिकहरुलाई अध्यारो बाटोमा हिँड्नुपर्ने बाध्यता थियो । समस्या समाधानका लागि युवाहरु संलग्नगरी समन्वय समिति गठन भई आर्थिक संकलन गरी टोलमा सरसफाई हुने गरेको र बत्ती जडानभई बाटोमा झिलमिली उज्यालो भएको छ । प्रत्येक शनिवार अनिवार्य रुपमा सरसफाई गर्ने निर्णय गरी कार्यान्वयन भएको सुनाउनु भयो ।

बैजनाथ गाउँपालिका—२ जगवा टोलकी बृद्ध एकल महिलाले सरकारबाट दिइने सेवा सुविधाका लागि छनौटमा परेपनि जानकारी नभएपछि उक्त सेवा सुविधाबाट वञ्चित भएको दुःखेसो पोख्दै आफ्नो सहजिकरणमा गाउँपालिकाले ५० हजार बराबरको कर्कटपाता सहयोग प्राप्त बृद्ध एकल महिलाले छाना लगाउन पाएपछि आफूलाई सन्तुष्टि मिलेको, शारीरिक रुपमा अपाङ्गता भएका मानव अधिकार समूहका सदस्य बेद प्रसाद आचार्य बताउनु भयो ।

बैठकको सहजीकरण इन्सेक परियोजना अधिकृत टेकनाथ आचार्यले गर्नु भएको थियो ।

ध्रुबराज शर्मा

अन्य

भिडियो