माछापुच्छ्रे गाउँपालिका–४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा इन्सेकले बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गरेको छ । इन्सेककी कास्की जिल्ला सहजकर्ता सुष्मा आचार्य अधिकारीले कात्तिक २८ गते विद्यालयमा पुगेर बाल अधिकार समूह परिचालन कोष हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयको बाल कोष परिचालनका लागि ७ हजार रुपियाँ विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेल, बाल अधिकार समूहका संरक्षक शिक्षक नवराज अधिकारी, बाल अधिकार समूहका अध्यक्ष ग्रीस अधिकारी तथा अन्य विद्यार्थीहरूको उपस्थितिमा हस्तान्तरण गरिएको अधिकारीले बताउनु भयो ।

माछापुच्छ्रे माध्यमिक विद्यालयमा ग्रीस अधिकारीको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार समूह पुनर्गठन समेत गरिएको छ । बाल अधिकार समूहक अध्यक्ष ग्रेस अधिकारीले समूहले विद्यालय र विद्यालय बाहिर बाल अधिकार तथा समाजमा विद्यमान समस्या समाधानका लागि सडक नाटक, र्याली गरिरहेको बताउनु भयो ।
विद्यालयमा इन्सेकले गठन गरेको बाल अधिकार समूहले सरसफाइ र विद्यालयको अतिरिक्त क्रियाकलापमा अग्रसर भएको अध्यक्ष अधिकारीले बताउनु भयो ।