INSEC Online

📅 २०८३ जेष्ठ २१

पश्चिमाञ्चल विकास क्षेत्रको मानव अधिकारको अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा पश्चिमाञ्चल क्षेत्रको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम पुस २२ गते पोखरामा सम्पन्न भएको छ ।

photo20170106kaski

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७ का लागि पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले अभिलेखिकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा कार्यक्रममा छलफल गरिएको छ ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले इन्सेक क्षेत्रीय कार्यलयले सन २०१६ जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका ६ सय १० वटा घटना रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा राज्यका तर्फबाट १५ जना महिला र ६७ जना पुरुष गरी ८२ जना पीडित भएको र गैर राज्यका तर्फबाट भएका घटनामा ५ सय ३७ जना महिला र ८२ जना पुरुष गरी ६ सय १९ जना पीडित भएको विवरण उल्लेख गरिएको छ ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपक्षेत्रीय प्रशासक गणेशबहादुर अधिकारीले वर्ष पुस्तक प्रकाशन तयारीमा रहेको इन्सेकले आर्थिक तथा सामाजिक विषयसँग सम्बन्धित घटनालाई समेत विस्तृत रूपमा समेट्नुपर्ने सुझाव दिँदै गैरसरकारी र सरकारी निकाय समन्वयात्मक रूपमा अघि बढेमा मात्रै मानव अधिकारको पूर्ण पालनाको वातावरण तयार हुने बताए ।

कार्यक्रममा बोल्दै गण्डकी अञ्चल प्रहरी कार्यलय पोखराका एसएसपी महेन्द्र पोखरेलले मानव अधिकारका सवाल उठाउँदा राज्य कुन ठाउँमा कमजोर भएर सेवा प्रदान गरिरहेको छ र जनताले सेवा पाएका छन् कि छैनन् भन्ने बारेमा पनि समेट्नुपर्ने बताए ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखरा

अन्य

भिडियो