इन्सेक रुपन्देहीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ११ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जसमा बलात्कारका ६० बलात्कार प्रयास १४, यौन दुर्व्यवहारका १२, मानव बेचबिखन तथा ओसार पसारका दुई, बहु बिवाह पाँच, बाल विवाह एक , पारिवारीक जनबाट हत्या आठ , आत्महत्या दुरुत्साहन दुई, गर्भपतन एक, अपहरण तथा शरिर बन्धक एक र घरेलु हिंसाका ५ सय ५५ ओटा गरी ६ सय ५५ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले इन्सेकको प्रतिवेदन र कार्यप्रति प्रशंसा गर्दै मानव अधिकारको सङ्क्षण र प्रवद्र्धनका लागि आफुहरू सम्वेदनशील भएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नु बाध्यता भएकोले कारागारको स्तान्तरण गर्ने गरी ओमसतिया गाउँपालिकासँग समन्य तथा प्रक्रिया अगाडि बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका निमित्त प्रमुख दिपक ठाकुरले इन्सेकले गरेको अभिलेखमा सबै कुरा समेटिएकोले त्यसको निरन्तरता र किसानका सवालहरुलाई पनि अभिलेख गर्न सुझाव दिनुभयो ।
जिल्ला बार एशोसिएशन रुपन्देहीका अध्यक्ष शिवहरी अधिकारीले पछिल्लो समयमा बलात्कारका मुद्दाहरू बढेको बताउदै जनचेतनाको कमी भएका कारणले मुद्दाहरू बढेको बताउनु भयो ।
नेकपा एमाले जिल्ला कमिटी उपसचिव हितराज पन्थीले पन्थीले जिल्लामा मसाज सेन्टरको नाममा विभिन्न खालका बेथितीहरू बढेकाले यस्ता बेथितीका विषयमा अनुगमन गर्न र राज्यलाई जवाफदेही बनाउन आग्रह गर्नुभयो ।
बरिष्ठ पत्रकार माधव ढुंगानाले स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रमा सेवाको भावना भन्दा पनि व्यापारिकरणको भएको बताउदै मानिसको जीवनसँग जोडिएको विषयमा यस्तो हुनु दुखद भएको बताउनु भयो ।