INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा मानव अधिकार वर्ष पुस्तक-२०१८ को वार्षिक पूर्व समीक्षा कार्यक्रम खलङ्गामा पुस २ गते सम्पन्न भएको छ ।

Photo20171218Jajarkot

जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिँदै जिल्ला जिल्लामा हुने मानव अधिकार उल्लङ्घनका घटनालाई इन्सेकले सङ्कलन गरी प्रत्येक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तकका रूपमा प्रकाशन गर्ने गरेको र यसमा सबै पक्षबाट उत्तिकै चासो र सहयोग हुनु पर्नेमा जोड दिए ।

उनले जिल्ला सरकारी वकिल कार्यालयबाट समेत हुनसक्ने सहयोग गर्न तयार रहेको भन्दै इन्सेक मानव अधिकारको क्षेत्रमा नेपालमै अग्रणी संस्थाको रूपमा रहेको बताए ।

कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधी दिनेशकुमार श्रेष्ठले विगत एक वर्ष भरीमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूको जानकारी गराएका थिए । कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठले एक वर्षमा २७ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना सरोकारवाला निकाय बीच प्रस्तुत गरेका थिए ।

जसमध्य परिवारजनबाट हत्या एक, गैर राज्यपक्षबाट हत्या एक, बाल अधिकार उल्लङ्घनका दुई, महिला हिंसासम्बन्धी एक, घरेलु हिंसाका सात, बहुविवाहका तीन, राजनीतिक अधिकारसम्बन्धी तीन र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी ६ ओटा घटना रहेका छन् ।

दिनेशकुमार श्रेष्ठ

अन्य

भिडियो