INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम गैरसरकारी संस्था महासंघका अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षता र सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको प्रमुख आतिथ्यमा सन्धिखर्कमा सम्पन्न भएको छ ।

सन् २०२५ जनवरी १ देखि डिसम्बर १५ सम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरु इन्सेक अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीले प्रस्तुत गर्नु भएको थियो । जसमा कर्तव्य ज्यान–चार, कर्तव्य ज्यान उद्योग–एक, जबरजस्ती करणी–६, हाडनाता करणी–दुई, बलात्कार–एक, बालविवाह–एक, बलात्कारको प्रयास–एक, गाली बेइजति तथा अभद्र दुव्र्यबहार– २४, कुटपिट–एक र घरेलुहिंसा सम्बन्धी–नौ वटा गरी ५० वटा घटनाहरु अभिलेख गरेको तथ्याङ्क नेपालीले प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथि झविलाल भट्टराईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना गाउ“ समाजमा हुन नदिन राज्य र सेवा प्रदायक निकायलाई सचेत गराउन इन्सेकका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउदै बताउनु भयो । उहाँले इन्सेकले उठाएका सवालमा हामी सबैले मनन् गर्न र पहल गर्न जरुरी रहेको औल्याउनु भयो । साथै उहा“ले समाजमा हुने सबै प्रकारका हिंसा नियन्त्रणका लागि सरोकारवालाहरु बिच समन्वय र सहकार्य गर्न जिम्मेवारी बोध हुन आवश्यक भएकोमा जोड दिनुभयो ।

गैर सरकारी संस्था महासंघका अध्यक्ष ठाकुर प्रसाद अधिकरीले समाजमा मानव अधिकार हनन् भन्दा पनि ज्यादतिका घटना बढी देखिनुले स्थानीय तहमा सरोकारवालाहरु र नागरिक समाजको भूमिका कमजोर भएको बताउनु भयो ।

उहाँले बाटो तथा भौतिक संरचनाहरु निर्माण गर्दा, कच्चा पदार्थ उत्पादन गर्दा र उपभोक्ताले प्रयोग गरी फालेका वस्तुको प्रूदर्षणले बस्ती र मानव स्वास्थ्यमा असर पार्ने हुँदा वातावरण संरक्षण र प्रदुषण नियन्त्रणका लागि सम्बन्धित निकायहरुको ध्यान जान आवश्यक भएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवश जिसी, अर्घाखा“ची जिल्ला अदालतका स्रेस्तेदार नारायण पौडेल, जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता विष्णुहरी मरासिनी, कारागार कार्यालयका प्रमुख श्यामहरु भट्टराई, अर्घाखा“ची अस्पताल ओसीएमसीका अधिकृत सुनिता आचार्य, शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुमार पुरी, सन्धिखर्क नगरपालिका लेखा अधिकृत नवराज गौतम, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत बेल कुमारी परियार, नेपाल पत्रकार महासंघका सदस्य सागर महत, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य राधा नेपाली, नेपाल बाल संगठनका सभापति रामचन्द्र पोख्रेल, दलित अधिकार सञ्जालका संयोजक विष्णु परियार लगायतले आआङ्खना सरोकार क्षेत्रका जिज्ञाशा र सवालमा समीक्षात्मक छलफल गर्नु भएको थियो ।   

 

कूल बहादुर नेपाली

अन्य

भिडियो