INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत कास्की जिल्लामा जिल्लास्तरीय मानव अधिकार समूहको पुनर्गठन गरिएको छ । पुस १२ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी दुर्गा केसी(थापा)को अध्यक्षतामा ११ सदस्यीय समितिको पुनर्गठन गरिएको हो ।

photo20161227kaski

समूहका सदस्यहरूमा सर्वपक्षिय दलित संस्थाका रामलाल सुनार, एशियन फोरमका तिलक थापा, अधिकारकर्मी गोमा प्रधान, अपाङ्ग महिला सशक्तीकरण केन्द्रकी सुशीला भुजेल, अधिवक्ता राजुराज अधिकारी, अधिवक्ता विश्वराज पौडेल, पत्रकार श्यामनाथ कुँवर, सिविनका प्रेम सोङमेन, सामाजिक अभियन्ता माया गुरुङ मनाङी, कोक्यापका रक्षा गिरी रहेका छन् ।

यसैगरी समूहका सल्लाहकारमा वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, पत्रकार पुण्य पौडेल, शान्तिका लागि नागरिक समाजको सञ्जालका ढाकाराम पौडेल, मानव अधिकार निगरानी समूहका पुर्व अध्यक्ष पदमराज पहारी, महिला मानव अधिकार रक्षक सञ्जालकी जानकी शर्मा रहेका छन् ।

कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयका संयोजक शिव खकुरेलले सहभागीहरूलाई परियोजनाको बारेमा जानकारी गराएका थिए ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय

अन्य

भिडियो