INSEC Online

📅 २०८३ जेष्ठ २१

जिनिअस (आइबि) वर्ल्डका विद्यार्थीहरूद्वारा इन्सेक कार्यालय र पुस्तकालयको भ्रमण

ललितपुरको लुभुस्थित जिनिअस (आइबि) वर्ल्ड स्कुलका विद्यार्थीहरूले जेठ २९ गते इन्सेक केन्द्रीय कार्यालय र इन्सेक पुस्तकालयको भ्रमण गर्नुको साथै मानव अधिकारका विविध विषयमा चासो राखेका छन् ।

भ्रमणमा आएका विद्यार्थीलाई स्वागत गर्दै इन्सेकका  कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेक अभियान, इन्सेकले सञ्चालन गरेका गतिविधि र नेपालमा इन्सेकले मानव अधिकारको क्षेत्रमा गरीरहेका कार्यका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा इन्सेक र इन्सेक पुस्तकालय सम्बन्धमा अधिकृत गीता मालीले प्रस्तुति गर्नुभएको थियो भने विद्यार्थीहरूले मानव अधिकार तथा सामाजिक न्यायका सम्बन्धमा राखेका जिज्ञासाहरूको समाधान मानव अधिकार पैरवी कार्यक्रमका प्रमुख सम्झा श्रेष्ठ, प्रलेख तथा प्रसार कार्यक्रमका प्रमुख मदन पौडेल र सूचना अधिकारी कृष्ण गौतमले गर्नुभएको थियो ।
photo2024061102kathmandu

 photo2024061101kathmandu

अन्य

भिडियो