INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि र नागरिक समाजबिच निरन्तर सम्वाद गर्नुपर्नेमा जोड

स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिबिच निरन्तर सम्वाद गर्नुपर्नेमा काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँको आयोजनामा भदौ १२ गते गरिएको जनप्रतिनिधि र नागरिक सङ्गठनबिचको छलफलमा सहभागी सरोकारवालाहरूरूले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा ३ नं प्रदेश सभाका सांसद दिपक निरौलाले नागरिक समाज र जनप्रतिनिधिबिच सहयोगी भूमिका रहनुपर्नेमा जोड दिँदै नागरिक समाजले जनतालाई आफ्नो दायित्व र जिम्मेवारीबोध समेतको विषयमा सचेतना गराउने खालका कार्यक्रम गर्नुपर्ने बताए ।

नागरिक समाजले सम्बन्धित निकायलाईसल्लाह दिनुपर्ने तथा द्वन्द्व व्यवस्थापनमा नागरिक समाज लाग्नुपर्नेमा उनको जोड थियो  ।
कार्यक्रममा बोल्दै ३ नं प्रदेश सभाका सांसद बेलिमाया घलेले भनिन्–‘नागरिक समाजलाई अछुतो राखेर कुनै काम गर्नु भनेको हामी असफल हुनु हो ।’

नागरिक समाज र जनप्रतिनिधिको एकता हुनुपर्दछ भन्दै उनले जनप्रतिधिहरूले गरेका राम्रा कामको सूचना जनतासमक्ष पुर्‍यााउन नागरिक समाजलाई अनुरोध गरिन् ।

नागरिक समाजले जनातालाई नजिकबाट बुझेकाले जनताले के चाहेका छन् भन्ने विषयमा जनप्रतिनिधिहरूलाई सुझाव दिनु पर्ने उनको भनाई छ ।

स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहका सरकारले योयो कार्य गनुपर्छ भन्दै एउटा सूची  नै बनाएर नागरिक समाजले दिए आफूलाई सो बमोजिम कार्य गर्न सहयोग पुग्ने उनले बताइन् ।

कार्यक्रममा इन्सेक प्रदेश ३ कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले नागरिक संस्था र जनप्रतिनिधिबिच निरन्तर सम्वाद गरेर मुलुकलाई समृद्धिको यात्रामा लैजानुपर्ने बताए । उनले भने–‘सुखी नेपाली, समृद्ध नेपाल नारा दिएर अघि बढेको सरकारले लक्ष्य हासिल गर्न पनि सहकार्यको विकल्प छैन ।’

टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले कार्यक्रममा बोल्दै अहिलेको जनप्रतिनिधिहरूमा अधिकार भन्दापनि समस्या धरै रहेको बताइन् ।  अहिले छाडा चौपायाको समस्याले गर्दा दुर्घटना बढेको र त्यसलाई व्यवस्थापन गर्नका लागि छलफल भइरहेको उनले बताइन् । त्यस्तै करसम्बन्धी विषयमा पहिला १० प्रतिशत तिर्नुपर्ने कर अहिले सात प्रतिशत बनाएर कर घटाइएको बताइन् । उनले विकास निर्माणको कार्यमा विषयगत विज्ञहरूरूलाई राखेर छलफल गरिएको समेत बताइन् ।  प्रत्येक वडामा १ करोड २० लाख रूपियाँका दरले रकम विनियोजन गरेको बताउँदै उपप्रमुख डङ्गोलले नगरस्तरीय कार्यक्रम पनि वडाकेन्द्रीत नै रहने बताइन् । उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि कायक्रम ल्याउनमा विषेश जोड रहेको बताइन्

यस्ता सकारात्मक कार्यहरूलाइ नागरिक समाजले जनतासम्म पु¥याउन सहयोगी भूमिका खेल्नुपर्ने बताउदै उनले भनिन्–‘कतिपय गैससहरूले जुन लक्ष्यले लक्षित वर्गलाई छुट्याइएको कार्यक्रहरू छन् त्यस अनुसार कार्य नभएको, एउटै व्यक्तिले धेरै तालिममा सहभागी हुने भएकाले एउटा छुट्टै तालिम केन्द्र खोल्नुपर्ने र त्यसकालागि अहिले केन्द्रले ७५ लाख रुपियाँ छुट्याएको छ ।’

टोखा नपा–१ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले नागरिक समाज र जनप्रतिनिधि अलग हुँदा भोलिका दिनमा अप्ठेरो पर्ने बताए । उनले बुँदागत रूपमै स्वास्थ्य, शिक्षा र मानव अधिकारका कुराहरू आउनुपर्नेमा जोड दिए ।

किर्तिपुर नपा–१० का वडाध्यक्ष अमन महर्जनले करको विषयमा नेपाल भर नै कर बढेको चर्चा चलिरहेका बेला किर्तिपुरमा भने नबढेको बताए । जनप्रतिनिधि लक्ष्मी भण्डारीले स्थानीय तहमा महिलालाई काम गर्न कठिनाइ रहेको बताइन् । उनले महिला जनप्रतिनिधिलाई माथिल्लो तहकाले वास्ता नगरेको भन्दै पैसा आउने ठाउँमा महिला सदस्यलाई थाह नै नदिने गुनासो गरिन् ।

कार्यक्रममा अधिकारकर्मी लक्ष्मी काफ्लेले कार्यक्रममा कानुन निर्माणमा अपाङ्गता भएका व्यक्तिलाई पनि समितिमा समावेश गर्नुपर्ने भन्दै यस्तो नगर्दा स्थानीय सरकार पछि परेको बताइन् ।

कार्यक्रममा स्थानीय तहले आफ्नो क्षेत्रभित्र कार्य गर्न नागरिक समाजलाई बोलाएर सल्लाह लिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरूले जनप्रतिनिधि र नागरिक समाजले एक अर्कालाई आरोपप्रत्यारोप भन्दा पनि सहयोगी भूमिका निभाउनु पर्ने भन्दै नागरिक समाज र जनप्रतिनिधिहरू मिलेर जानुपर्ने र आआफ्ना जीम्मेवारी र भूमिकामा स्थानीय तह र नागरिक समाज प्रष्ट हुनुपर्नेमा जोड दिए ।

Photo20180828Ktm

photo20180828_kathmandu (1)

photo20180828_kathmandu (2)

photo20180828_kathmandu (3)

इन्सेक प्रदेश ३ कार्यालय, काठमाडौँ

अन्य

भिडियो