INSEC Online

📅 २०८३ जेष्ठ २१

जटिल विषयमा नागरिक समाज र पत्रकारको एउटै धारणा बनाउनुपर्नेमा जोड

जिल्लामा हुने जटिल खालका विषयमा नागरिक समाज र पत्रकारले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले साउन २१ गते सदरमुकाम गोरखा बजारमा आयोजना गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विकास निर्माण र पछिल्लो समय देखिएका हिंसाका घटनामा एउटै धारणा बनाउनुपर्नेमा जोड दिएका हुन् ।

Photo20180807Gorkha (1)

स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार तीनतिर फर्कँदा विकास निर्माणले फड्को मार्न नसकेको कार्यक्रमका सहभागि बासु खत्रीले बताए । हिउँदमा सुस्त गतिमा काम हुने र असार लागेपछि विकासे कामले तीव्रता पाउने भन्दै यस विषयमा नागरिक समाज र पत्रकारले एक भएर आवाज उठाउनुपर्ने खत्रीले बताए ।

विकास सँगसँगै जिल्लामा पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घन जस्ता जटिल विषयमा छलफल हुनुपर्ने अधिवक्ता स्थानेश्वर दवाडीले बताए । पछिल्लो समय जिल्लामा कथित बोक्सी आरोप लगाउनेलाई प्रहरीले गिरफ्तार र कारबाही गर्न नसक्नु, भूकम्प पीडितका अवस्थाका र महिला हिंसा जस्ता विषयमा पनि सँगसँगै आवाज उठाउनुपर्ने उनको भनाई छ । विकास निर्माणमा जथाभावी खर्च गर्ने परिपाटी रहेकाले त्यसको अन्त्य गर्न नागरिक समाज र पत्रकार एक जुट हुनुपर्ने धारणा दवाडीले राखेका थिए ।

Photo20180807Gorkha (2)

पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति सदस्य सुशीलबाबु श्रेष्ठले सामाजिक विकृति तथा विसङ्गति अन्त्यका लागि पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको संयुक्त प्रयास एकदमै महत्वपुर्ण रहने बताए ।

‘भूकम्पपछिको पुनर्निर्माणमो चुनौती थपिएको छ । कतिपय विकास निर्माणको ठेक्का लिने ठेकेदारहरूले समयमै काम सुरू गरेनन् । यस्ता विषय वस्तु उठाउने कि नउठाउने ?’-पत्रकार महासङ्घ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठले भने ।

Photo20180807Gorkha (3)

मानव अधिको क्षेत्रमा काम गर्ने भन्दै धेरै संस्था जन्मिए पनि एजेण्डा उठाउने सवालमा कमजोर देखिएको उनको भनाई छ । ‘एउटै संस्था होस् सशक्त ढङ्गले कुरा उठाउने होस् ।’-उनले भने । सत्य तथ्य समाचार लेखेकै भरमा कतिपय अवस्थामा पत्रकारहरूलाई धम्क्याउने परिपाटी रहेको भन्दै उनले सो प्रति असन्तुष्टी जनाए ।

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सी आरोपमा आमा छोरीलाई सामाजिक बहिष्कार भएको विषय पत्रकार र नागरिक समाजको साझा एजेण्डा बन्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

हरिराम उप्रेती

अन्य

भिडियो