INSEC Online

📅 २०८३ जेष्ठ २१

छुवाछुत विरुद्ध सचेतना मूलक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत २०८१ कार्तिक १४ गते राक्सिराङ गाउँपालिको सूर्योदय मावि विद्यालयमा छुवाछुत विरुद्ध  सचेतना मूलक नाटक प्रदर्शन गरिएको छ ।

सूर्यादय माविका प्रधानाध्यापक सीतराम सुवेदीले बालबालिकाले नाटक मार्फत जुन सन्देश दिन खोजिएको हो हामी सबैले अनुशरण गर्नु पर्ने बताउनु भयो ।

Suryadaya 2

वर्तमान अवस्थामा विकट पहाडी क्षेत्रहरूमा अझै पनि छुवाछुत गर्ने र मानसिक तथा शाररिक रुपमा यातना दिने घटनाहरू भइरहेको नाटक मार्फत देखाएको र बालबालिका समानसेवी, राजनैतिक दलका व्यतिहरको समन्वयमा सम्बसन्धत क्षेत्रमा गई छुवाछुत विरुद्को अभियान चलाउने जस्ता विषयहरू नाटक मार्फत प्रस्तुत गरेकोमा बालअधिकार समुहलाई र सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने इन्सेक बागमती प्रदेशलाई धन्यवाद व्यक्त गर्नु भयो ।

विद्यार्थीले नाटक मार्फत नेपाली समाजमा ठूलो जातले सानो जातसँग विवाह गर्दा घरपरिवार भित्र पर्ने झै झगडा वेथिति मनमुटाप जस्ता समस्याहरू समेटि नाटक मार्फत प्रस्तुत गरेको थिए ।

नाटकमा छोराले सानो जातको बुहारी भित्र्याएपछि सुरुवाती चरणहरूमा रामै्र व्यवहार गरेको तर आर्थिक अवस्था कमजोर भएकोले बैदेशिक रोजगारीका लागि छोरा विदेषिय पछि परिवारको अन्य सदस्यहरूले गाउँका अन्य मान्छेले सानो जात भएकै कारण केटीलाई शारीरिक, मानसिक रुपमा विक्षिप्त पारी घरबाट निकालेको विषयदाई समेटेर बालअधिकार समूहको भाइबहिनीले नाटक मार्फत प्रस्तुत गर्नुभएको थियो ।

Suryadaya 1  Suryadaya 3

अन्य

भिडियो