INSEC Online

📅 २०८३ जेष्ठ २१

ग्रामीण बस्तीका नागरिकको सेवामा पहुँच बढाउन सुझाव

इन्सेक जाजरकोटले आयोजनामा गरेको मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धबार्षिक समीक्षा कार्यक्रम भेरी नगरपालिका–४ स्थित महिला मैत्रीको हलमा सम्पन्न भएको छ । ग्रामीण वस्तीका नागरिकको सेवामा पहुँच बढाउन सरोकारवाला निकायलाई कार्यक्रममा उपस्थित नागरिकले आग्रह गरेका छन् ।

Photo 2025-06-27 Jajarkot-01 इन्सेक जाजरकोटका प्रतिनिधि बासुदेव शर्माले हालसम्मका मानव अधिकार उलङ्घन सम्बन्धी घटना प्रस्तुत गर्नुका साथै सरोकारवालाको सल्लाह अनुसार अघि बढ्ने बताए । अर्धवार्षिक अविधमा अभद्र व्यवहारका चार, बलात्कारका चार, अपहरण तथा शरिर बन्धक एक, ज्यानमार्ने उद्योग एक, बहुविवाहका एक र हिँसाका ४२ ओटा गरी जम्मा ५५ ओटा मानव अधिकार उलङ्घनका घटना इन्सेकले अभिलेख गरेकाे बताए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दलित, गरिव, बिपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकलाई समान अधिकार दिएको उहाँको भनाइ छ ।

Photo 2025-06-27 Jajarkot-02

इन्सेकले मानव अधिकारको सुरक्षाका लागि सकारात्मक भुमीका निर्वाह गरेको छ । जाजरकोट जिल्लामा सबैभन्दा बढी बलात्कार, घरेलु हिँसाका पीडित न्याय माग्न आउने गरेको बताए ।

जिल्ला बारका प्रतिनिधि सहदेवजंग शाहले मानव अधिकारको संरक्षणका लागी आवाज उठाउदै आएका साझेदार निकायलाई जिम्मेवार बनाउन सरोकारवाला लाग्नु पर्ने धारण राख्नुभयो । महिला मानव अधिकार रक्षक सञ्जालका संयोजक विजय नगरकोटीले लागु औषधको सेवन तथा ओसार पसारको व्रmम बढदै गएकाले न्युनिकरण गर्न लाग्नु पर्ने छ । लागु औषध सेवानका कारण युवा पुस्ताको भविश्य अन्धकार हुन थालेकाले सरोकारवाला निकाय, प्रहरीले निगरानी बढाउन पर्ने बताइन् ।

अन्य

भिडियो