INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार निगरानी समूह, निर्वाचित जनप्रतिनिधि र सरोकारवाला सरकारी कार्यालयका प्रमुखहरूका लागि दुई दिने क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम भदौ ११ गते वीरेन्द्रनगरमा सुरू गरिएको छ ।

SAMSUNG CAMERA PICTURES

इएलपी परियोजना सञ्चालन भएका गुर्भाकोट नपा-१ र २ तथा ४, ५ र ९ वडाका मानव अधिकार निगरानी समूहका सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू र सरोकारवला सरकारी कार्यालयहरूका प्रमुखहरूको सहभागिता रहेको अभिमुखीकरणको कर्णाली प्रदेश मन्त्री परिषद कार्यालयका कानुन सचिव कलानिधी पौडेल, इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, अधिवक्ता नन्द भण्डारी र जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत टङ्क लामिछानेले सहजीकरण गर्ने भएका छन् ।

SAMSUNG CAMERA PICTURES

सचिव पौडेलले विकास के हो, विकासको अवधारण, देवानी र फौजदारी संहिताका विशेषताहरू, संयोजक सुवेदीले इन्सेक अभियान र मानव अधिकारको अवधारणा, अधिवक्ता नन्द भण्डारीले नेपालको संविधान र ऐनहरूमा व्यवस्था भएका शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका सवाल र कार्यक्रम अधिकृत टङ्क लामिछानेले आर्थिक सामाजिक सांस्कृतिक अधिकारका स्थानीय सवाल र समाधानमा स्थानीय तहको भूमिकाको विषयमा सहजीकरण गर्ने जनाइएको छ ।

SAMSUNG CAMERA PICTURES

कार्यक्रममा कानुन सचिव पौडेलले मानव अधिकारको विषयवस्तु बृहत् भएको बताउँदै इन्सेकले केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म आफ्ना गतिविधि सञ्चालन गरेर मानव अधिकार संरक्षण सम्बर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए ।

संयोजक सुवेदीले शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारको सवालमा निगरानी समूह स्थानीय तह र सरोकारवाला सरकारी कार्यालयहरू योजनाबद्ध रूपमा लाग्नुपर्नेमा जोड दिए ।

दुर्गा थापा

अन्य

भिडियो