INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

बारेकोट गाउँपालिका-२ अर्पण टोलकी ललिता नेपालीलाई कानुनी प्रव्रिmयामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।

गतवर्ष साउन २५ गते लाँलीगुरास प्राथमिक विद्यालयले बालविकास शिक्षकका लागि दरखास्त निकालेपछि ६ जनाको निवेदन परेको थियो । व्यव थापनस्समितिले परीक्षा तोकी शिक्षा शाखामा गएपछि बालविकासको पाठयक्रम छैन भन्दै एक जनालाई निर्णय गरी ल्याउन आग्रह गरेपछि असोज १३ गते छनौट गरी पठाएको थियो ।

बारेकोट गाउँपालिका शिक्षा शाखाले २०८२ जेठसम्म पठनपाठन गराउँदा नियुक्ती नदिएर हालसम्मको पारिश्रमिक पनि नदिएको नेपालीले बताइन् । पुनः गठन भएको व्यवस्थापन समितिले जेठ १० गते परीक्षा गराई आफ्नो नातेदार भर्ना गरेपछि जेठ ९ गते मेरो नियुक्ती समर्थन गरिपाउन भनी बारेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखालाई अनुरोध गरेपनि बेवास्था गरेकाले छानविनका लागि २०८२ जेठ २८ गते उच्चअदालत सुर्खेतमा रिट निवेदन दिएको वताइन् ।

पति गोरखबहादुर नेपालीले दोस्रो विवाह गरी बाहिर बस्दै आएकाले दुई छोरीलाई पालनपोषण गर्न समस्या भएकाले राजनीतिक आडमा स्थानीय सरकार, वडा सरकारले गरेका बेथितिका विरुद्ध जान आर्थिक सहयोगको अपेक्षा गरेपछि इन्सेक सुर्खेतले न्यायको लागि १० हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेक कर्णाली प्रदेश संयोजन नारायण सुवेदीले बताउनु भयो ।

अन्य

भिडियो