INSEC Online

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

३२ वर्षीया हिंसा पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण न्यायिक प्रक्रियामा जानका लागि इन्सेक मधेश प्रदेश कार्यालयले ०८३ असार ४ गते मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडितले आर्थिक सहायता प्रदान गरी दिनका लागि वैशाख २३ गते रौतहट जिल्ला प्रतिनिधिलाई निवेदन दिनुभयो । चन्द्रपुर नगरपालिका–३ को कार्यालयले इन्सेक मधेस प्रदेश कार्यालयमा सफारिस गरेको प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

घरेलु हिंसाकी पीडित महिलाले पति ३५ वर्षीय भूमबहादुर वाइवाविरुद्ध ०८२ चैत १ गते जिल्ला अदालत गौरमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गराउनु भएको थियो । हाल विचाराधीन अवस्थामा रहेको हुँदा आर्थिक अभावले गर्दा मुद्दालाई निरन्तरता दिन कठिनाइ भएको  भन्दै इन्सेकले गरेको आर्थिक सहायताले राहत पुग्ने पीडितले बताउनु भयो ।

गौरी  न्यौपाने    

अन्य

भिडियो