४२ वर्षीया पीडित महिलाको आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ पुस १० गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
इन्सेक सर्लाही प्रतिनिधि बुधन साहका अनुसार पीडितले न्यायिक प्रक्रियामा सहयोग गरिदिनु हुन भनी ०८२ पुस ७ गते निवेदन दिनु भयो ।
०८२ जेठ १३ गते बलात्कार प्रयास गरेको आरोपमा मलंगवा नगरपालिका–३ स्थित गणेश चौकका ४१ वर्षीय भुपेन्द्र कुमार महतोविरुद्ध पीडित पक्षले ०८२ असार २ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको डिएसपी सरोज राईले बताउनु भयो । आरोपित महतो हालसम्म फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०८२ असार २ गते सर्लाही जिल्ला अस्पतालमा भयो ।