आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८२ मङ्सिर १९ गते दैलेखको नौमुले गाउँपालिका वडा नम्बर ४ भित्री खोला घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१२ बस्दै आउनुभएकी ३१ वर्षीया कल्पना बुढामगरलाई ७ हजार ५ सय रुपियाँ सहयोग गरेको छ ।
उहाँका पति ४० वर्षीय पुर्णबहादुर रानाले कुटपिटसँगै मानसिक यातना दिएपछि कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ताका गर्न सहयोग पाउँ भन्दै ०८२ कात्तिक २६ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । मङ्सिर १७ गते बसेको मानव अधिकार सहायता कक्षको सचिवालय बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।