INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

३५ वर्षीया बलात्कार पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ पुस ११ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।

डिसीएको सहयोगमा प्रदान गरिएको सहायता रकमले न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यका साथ उक्त रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

न्यायिक प्रक्रियामा सहयोग गरिदिनु हुन भन्दै ०८२ पुस ७ गते पीडितले इन्सेक प्रतिनिधि बुधन साहलाई निवेदन दिनु भएको थियो ।

०८२ असार २३ गते बलात्कार प्रयास गरेको आरोपमा विष्णु गाउँपालिका–२ का ४० वर्षीय महेश कुमार राउतविरुद्ध पीडित पक्षले साउन ६ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका दिएको डिएसपी सरोज राईले बताउनु भयो । आरोपित राउत हालसम्म फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउत ७ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।

 बुधन साह

अन्य

भिडियो