३७ वर्षीया पीडित महिलालाई आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ पुस १० गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ । पीडितको आर्थिक अवस्था कमजोर रहेको कारण न्यायिक प्रक्रियामा सहयोग पुग्ने उदेश्यले मानव अधिकार सहायता कक्षद्वारा सो रकम उपलब्ध गराइएको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
पीडितले न्यायिक प्रक्रियामा सहयोग गरिदिनु हुनको लागि भन्दै ०८२ पुस ६ गते इन्सेक सर्लाही प्रतिनिधि बुधन साहलाई निवेदन दिनु भएको थियो ।
०८१ चैत ४ गते बलात्कार प्रयास गरेको भन्दै कविलासी नगरपालिका–९ सलेमपुर का ३६ वर्षीय राम जतन सहनीविरुद्ध पीडित पक्षले ०८१ चैत २४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको डिएसपी सरोज राईले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ चैत २५ गते सर्लाही जिल्ला अस्पतालमा गरियो । सर्लाही जिल्ला अदालतका श्रेष्ठदार ज्ञानबहादुर खत्रीका अनुसार आरोपितलाई ०८२ असार २२ गते पुर्पक्षका लागी कारागार पठाइएको जानकारी दिनु भयो ।