INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा विद्यालयलाई कम्प्युटर सामग्री प्रदान

काभ्रेको अनेकोटस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयलाई चैत १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कप्युटरलगायतका शैक्षिक सामग्री एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको छ ।

Photo20180403Kavre (2)

प्राविधिक युगमा यस विद्यायलमा शैक्षिक सामग्री, इन्टरनेट तथा कम्प्यूटरको अभाव रहेकोले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले कम्यूटर, प्रिन्टर तथा इन्टरनेटको सहयोग गरिएको इन्सेकका व्यवस्थापन प्रमुख प्रेम पराजुलीले बताए ।

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतमले विद्यालयलाई आधुनिक शिक्षा र बाहिरी संसारसँग जोड्नलाई प्राविधिक रूपमा कम्प्युटर तथा इन्टरनेटले सहयोग गर्ने उल्लेख गर्दै यसअघि पनि इन्सेकले विद्यालयमा विज्ञान शिक्षणका लागि प्रयोगात्मक शिक्षण सामग्री प्रदान गरेको उल्लेख गरे ।

विद्यालयको आफ्नै आर्थिक स्रोत नहुँदा समयानुकूल शिक्षाका लागि थप शैक्षिक सामग्री जुटाउन आर्थिक समस्या भएको अवस्थामा इन्सेकले उपलब्ध गराएको सहयोगले ठूलो महत्व राख्ने प्रधानाध्यापक कान्छामान तामाङले बताए ।

Photo20180403Kavre (1)

प्रधानाध्यापक तामाङ्ले अहिले प्राविधिक युगमा यस विद्यायलमा इन्टरनेट तथा कम्प्यूटरसमेत नभएको अवस्थामा इन्सेक मार्फत भएको सहयोगले आगामी दिनमा यस विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न मद्धत गर्ने बताए ।

उनले यसअघि पनि इन्सेकले विज्ञान प्रयोगशालाको लागि प्रयोगात्मक सामग्री सहयोग गरेको स्मरण गर्दै माध्यामिक तहका विद्यार्थीको विज्ञान विषयको पढाइमा विद्यार्थीको रूचि बढेको जनाए । समयानुकुल शैक्षिक सामग्री विद्यालयमा हुँदा विद्यार्थी विद्यालयमा नियमित हुने र विद्यार्थी भर्ना पनि नघटेको तामाङ्ले बताए ।

विद्यालयका नौ कक्षाका छात्र सुरज तामाङ्ले विद्यालयमा आधुनिक शिक्षाका लागि चाहिने न्युनतम शैक्षिक सामग्री नभएको अवस्थामा इन्सेकले गरेको कम्प्युटर तथा इन्टरनेटको सहयोगले सबै विद्यार्थीको अध्ययनमा थप सहयोग पुग्ने बताए ।

जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेको उक्त विद्यालयमा २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । जसमा ६० प्रतिशत छात्रा रहेका छन् ।

इन्सेकले काठमाडौँको विद्यामन्दिर मावि, ललितपुरको उदयखर्क मावि र काभ्रेको ज्ञानेश्वरी माविमा विगत तीन वर्षदेखि फिनलैण्डस्थित अन्तराष्ट्रिय संस्था KIOS को संयोजनमा HELSINKI स्थित विद्यालयका विद्यार्थीहरूको सहयोगबाट सङ्कलित रकमबाट सहयोग गर्दै आएको हो ।

इन्सेक कार्यालय, काठमाडौँ

अन्य

भिडियो