INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै कार्यालय प्रमुखलाई अमानवीय व्यवहार

सरकारी पाठ्यपुस्तक वितरणमा ढिलाई गरेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रका प्रादेशिक कार्यालय प्रमुख ५२ वर्षीय धनबहादुर केसीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का कार्यकर्ताले भदौ ५ गते कार्यकक्षमा मोसो दलेका छन ।

शैक्षिक सत्र शुरूभएको चार महिना बित्तिसक्दा पनि समयमै कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपु¥याएको भन्दै मोसो दलिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले जनाएको छ ।

सङ्गठनका केन्द्रीय सदस्य तथा सुर्खेत इन्चार्ज तुलाराम तिरुवाको संयोजकत्वमा गएको समूहले प्रमुख केसीलाई मोसो दलेका थिए ।

जनक शिक्षा सामाग्री केन्द्रका प्रादेशिक कार्यालय प्रमुख केसी भन्नु हुन्छ “पाठ्यपुस्तक वितरणमा ढिलाई भएको विषयमा बाहिर छलफल गरौ भनि केही व्यक्ति कार्यालयमा आए मइले ती व्यक्तिलाई कार्यालय भित्रै बसेर छलफल गरौ भनि भित्र बोलाए एक्कासी मोसो अनुसारमा दले ।”
सशस्त्र प्रहरीको अस्पताल, काठमाण्डौंमा उपचार भइरहेको केसीले जानकारी दिनु भएको छ । अहिले पनि आँखा धमिलो देख्ने गरेको केसीले जानकारी दिनु भएको छ । समयमा अस्पताल नपुगेको भए आँखामा धेरै असर पुग्ने देखिएको केसीले बताउनु भयो ।

उक्त विद्यार्थी संगठनले असार २५ गते आफूसँग २५ हजार रुपियाँ चन्दा मागेको र चन्दा नदिएको आरोपमा मोसो दलेको प्रमुख केसीले आरोप लगाउनु भएको छ ।

मनोमानित ढङ्गले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गर्ने गरेको र ढुवानीबाट लाखौं कमिसन जनक शिक्षाले खाएको आरोप अखिल क्रान्तिकारीका कार्यकर्ताले लगाएका छन् ।

यस्तै, सरकारी कार्यालयलाई निजी पैतृक सम्पत्तिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह ब्रतबन्ध जस्ता कार्यक्रम गरेको अखिल क्रान्तिकारीको आरोप रहेको छ ।

कार्यकक्षमा काम गरिरहनु भएको होला भनियो केही व्यक्ति सरको कार्यकक्षमा पुगेर मोसो दलेका रहेछन सो कार्यालयका लेखापाल विष्णु लम्सालले जानकारी दिनु भयो ।

छोराको विवाह भएका कारण पाठयपुस्तक पठाउन केही ढिलाई भएको प्रमुख केसीले प्रतिकृया दिनु भयो । सरकारी काम गरेको अवस्थामा घटना भएको बताउँदै यस सम्बन्धमा उजुरी दिने तयारी गरेको प्रमुख केसीले बताउनु भएको छ ।

घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो