INSEC Online

📅 २०८३ जेष्ठ २१

रौतहट–२ मा पुनः मतदानको मागसहित उम्मेदवार किरण साहद्वारा धर्ना

रौतहट–२ का नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार किरण साहले मतदानमा धाँधली भएको भन्दै राजपुर र इशनाथ नगरपालिकाको आठ ओटा वडामा पुनः मतदान हुनुपर्ने माग गर्दै लौकाहा निर्वाचन कार्यालय अगाडि धर्नामा बस्नुभएको छ ।  ०८२ फागुन २१ गते क्षेत्र नं. २ मा भएको मतदान निष्पक्ष नभएको भन्दै पुनः मतदानको मागसहित धर्नाका बसेको साहले बताउनु भयो ।  सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उहाँले पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाउनु भएको छ ।  । उहाँले अर्काको नाममा मत खसाउने काम भएको भन्दै  फेरि मतदान गर्न  निर्वाचन कार्यालयलाई आग्रह गर्नु भयो ।  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार केही स्थानमा सामान्य विवाद भए पनि शान्तिपूर्ण तरिकाले मतदान भएको बताउनु भयो ।

गौरी न्यौपाने

भिडियो