INSEC Online

📅 २०८३ जेष्ठ २१

 जिल्लामा आचारसंहिता उल्लङ्घनका ६ उजुरी 

निर्वाचनकाे मिति नजिकिदै जादा दार्चुलामा आचारसंहिताको उल्लङ्घनका घट्ना बढ्न थालेकाे छ । याे बीचमा निर्वाचन आचारसंहिता उल्लङ्घनका ६ वटा घटना भएको आचारसंहिता अनुगमन अधिकृत बिनाेद दाहालले जानकारी दिनुभयाे ।

अनुगमन अधिकृत दाहालकाअनुसार आचारसंहिता उल्लंघन गरेकाे भन्दै २५ जना माथि माैखिकरूपमा स्पष्टीकरण साेधिएकाे दाहालले बताउनुभयो ।

निर्वाचनकाे समयमा मतसर्वेक्षण गरेकाे, जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्रचार गरेको भन्दै माैखिक स्पष्टीकरण साेधिएकाे छ ।यस्तै ठूला साउण्डमा म्युजिक बजाउने, अनावश्यक व्यानर लगाएकाे विषयमा स्पष्टीकरण साेधिएकाे उहाँको भनाइ छ ।

अहिले पहिलो चरणमा माैखिक रूपमा स्पष्टीकरण साेध्ने काम भइरहेको छ, उहाँले भन्नुभयाे, अब आउने उजुरी आइहाले आयाेगले नै कडाइका साथ लिखितरूपमै साेध्न सकिन्छ ।

 

नरेन्द्र सिह कार्की 

भिडियो