INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका­-३ बाह्रघरेमा रहेको श्री गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रमा रहेका दुई महिलामाथि गरेको आरोपमा केन्द्रका संचालक भरतपुर नपा-३ का ५४ वर्षीय विष्णुप्रसाद शर्मालाई ७ वैशाख गते गिरफ्तार गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् । आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा वैशाख ७ गते पीडितहरूले जाहेरी दिएका थिए ।

घटना वैशाख १ गतेको भए पनि डरत्रासका कारण वैशाख ७ गते जाहेरी परेको र ७ गते नै अभियुक्त तथा केन्द्रमा आश्रति २७ र १९ वर्षका दुई पीडितले घटनाबारे छिमेकीलाई भनेपछि घटना सार्वजनिक भएको हो ।

घटना भएपछि केन्द्रमा आश्रति ६ जना बालिकालाई उद्धार गरिएको छ । एकवर्षदेखि सञ्चालित केन्द्रका प्रमुख विष्णुप्रसाद शर्माबाट अपाङ्गता भएका बालिकाहरूमाथि यौन दुर्व्यवहार भएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी, स्थानीय आमा समूहलगायतको टोलीले बालिकाको उद्धार गरेको हो ।

अन्य

भिडियो