INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका-१ का २५ वर्षीय पुरुषोतम पौडेललाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २ गते विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको पनि इन्स्पेक्टर बस्नेतले जानकारी दिइन् ।

अन्य

भिडियो