INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-३ स्थित गुम्बा स्थायी घरभई सोही गाउँपालिका-१ सेलाङ स्थित बासखर्कमा अस्थायी बसोबास गर्दै आएका ५४ वर्षीय पासाङ लामालाई वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा वैशाख २ गते गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलले बताए ।

अन्य

भिडियो