INSEC Online

📅 २०८३ जेष्ठ २१

शालिक तोडफोड घटनाको भत्सर्ना

द्वन्द्वकालमा रामेछापमा हत्या गरिएका गणेश कुमार श्रेष्ठ र उज्जन (भुवन) कुमार श्रेष्ठको रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिकामा निर्माण गरिएको सालिक तोडफोड गरिएको घटनाप्रति द्वन्द्वपीडित साझा चौतारीले घोर भत्सर्ना गरेको छ ।

द्वन्द्वका नाममा मारिएका नागरिकहरूको पहिचान सम्मान तथा संस्मरणात्मक कार्यक्रम राज्यबाट हुनुपर्नेमा स्वयम् पीडित परिवारको अग्रसरतामा निर्माण गरिएका शालिक तोडफोड गरिनु आम द्वन्द्वपीडित नागरिकहरुका लागि अपमानपूर्ण र निन्दनिय कार्य भएको चौतारीले चैत ३० गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘भर्खरै मात्र अनावरण गरिएको उक्त शालिक तोडफोड गर्ने व्यक्तिहरुको तत्काल अनुसन्धान गर्न, तोडफोडमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम दण्डित गर्न तथा तोडफोड गर्ने व्यक्तिहरूबाटै असुल गरी तोडफोड गरिएको सालिक पुनर्निर्माण गराउन नेपाल सरकार, माताहतका निकाय एवं सुरक्षा निकाय समक्ष चौतारी जोडदार माग गर्दछ ।’-विज्ञप्तिमा भनिएको छ ।

अन्य

भिडियो