पाँच वर्षीया बालिकालाई चैत २५ गते बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकविरूद्ध चैत २६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ ।
पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई चैत २५ गते नै अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा चैत २५ गते गरिएको प्रहरीले जनाएको छ ।