१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही उमनपा-७ का २० वर्षीय अमित चौधरीलाई आठ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले चैत २५ गते चौधरीलाई कैद गर्ने फैसला गर्दै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउन फैसला गरेको हो ।
पीडित बालिकालाई चौधरीले फागुन १ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी मुद्दा चलाइएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको थियो ।