पुराणवाचनका लागि विराटनगरमा आएका ५० वर्षीय स्वामी श्रीनिवास आचार्यलाई चैत २५ गते बिहान अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन् ।

गोली लागेका आचार्यको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार विसीले बताए ।
आचार्यको दाहिने कुममा गोली लागेको समेत एसपी बिसीले बताए । घाइते स्वामी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
लक्ष्मी बैङ्कटेश मन्दिर चकरघट्टी सुनसरीका आचार्य विराटनगर-१४, जतुवास्थित श्री राम जानकी मन्दिरमा चैत २५ गतेदेखि हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन आएका हुन् ।
घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको एसपी बिसीले जानकारी दिए ।